तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कार्की समितिको प्रतिबेदन लागु गर्ने सर्बोच्च फुल कोटको निणॅय

429
shares

सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

शुक्रबार कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वको पूर्ण बैठकले प्रतिवेदन कार्यान्वयनका लागि प्राथमिकता निर्धारण गरी विषयहरु छान्ने छलफल भएको हो । बैठकले पेशी व्यवस्थापनका लागि दीर्घकालीन रुपमा सफ्टवेयरमा आधारित स्वचालित प्रणाली अपनाउने निर्णय गरेको छ । अहिले हरिकृष्ण कार्की नेतृत्वको समितिले नै स्वचालित पेशी व्यवस्थापन प्रणालीका वारेमा अध्ययन गरिरहेको छ ।

oil ad long

पूर्ण बैठकले जिल्ला अदालतमा उपस्थित हुने फरार रहेका प्रतिवादीहरुका लागि दोस्रो पटक गोला प्रक्रिया गरेर भएपनि त्यही दिन सुनुवाई गर्ने निर्णय गरेको छ । यसअघि निर्देशिकामा व्यवस्था नहुँदा फरार रहेर अदालतमा हाजिर भएका प्रतिवादीहरु एक दिन थुनामा बसी अर्को दिन मात्रै सुनुवाईको मौका पाउँथे ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा महाभियोगका कारण निलम्बनमा परेपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामू प्रधानन्यायाधीश भएका छन् । जबरामाथि महाभियोग लागेपछि करिब ६ महिनापछि बल्ल सर्वोच्च अदालतका सबै न्यायाधीश एकसाथ बसी पूर्ण बैठक भएको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports