कस्तो रहला आज आइतवारको मौसम : कोशी र मधेश प्रदेशका केही स्थानमा हल्का बर्षाको सम्भावना
वि.सं.२०८३ मंसिर ६ आइतवार ०९:०५
shares

काठमाडौं । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिशा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली (बादल) रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो मधेश र कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई भू–भागका साथै मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।































