प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जादैँ
वि.सं.२०८३ मंसिर ६ आइतवार ०९:०५
shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) आज (आइतबार) दुई दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् ।
३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी दिउँसो पौने २ बजे नेपाल एयरलाइन्सको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ ।भारतीय पक्षले तयार पारेको कार्यतालिकाअनुसार दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने तयारी छ ।
प्रधानमन्त्री साहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेञ्जनकार, राजनीतिक सल्लाहकार असिम साह लगायत सहभागी हुनेछन् ।यस्तै, निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ५२ जना उद्योगी तथा व्यवसायीको टोली भ्रमण दलमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साहले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरको वार्ता गर्नेछन् । मोदीले साहको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्नेछन् ।भारतका विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री साहसँग शिष्टाचार भेट गर्ने तालिका छन् ।































