कति डिग्रीमा झर्यो काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ?
वि.सं.२०८३ मंसिर ६ आइतवार ०९:०८
shares

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विष्णु घिमिरेका आज (आइतबार) बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस देखिएको हो।
हिजो शनिबार यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस देखिएको थियो भने पछि अन्तिम मापनमा (बिहान ८:४५ बजे) पनि यही कायम रह्यो।मौसमविद्का अनुसार राति आकाश बादलले ढाक्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश खुला रहँदा घट्छ।मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ।
न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।मौसमविद्का अनुसार न्यूनतम (मिनिमम) तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम बताउँछ भने अधिकतम (म्याक्सिमम) तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ।
हाल दिनप्रतिदिन देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।































