२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चितवनका रिजन ढकाल एनपीएलका सर्वोत्कृष्ट खेलाडी

65
shares

चितवन राइनोजका तीव्रगतिका बलर रिजन ढकाल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगितामा १७ विकेट लिएका ढकालले सर्वोत्कृष्ट नेपाली खेलाडीको उपाधिसहित ओमोडा एन्ड जाएको एक थान कार पुरस्कार प्राप्त गरेका छन् । उनले प्रतियोगिताको उत्कृष्ट बलरको उपाधिसमेत जित्दै एक थान पल्सर मोटरसाइकल प्राप्त गरेका गरे ।त्यसैगरी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भए । उनले तीन अर्धशतकसहित २१८ रन बनाउनाका साथै छ विकेट लिएका थिए । यस उपाधिसँगै उनले रु पाँच लाख नगद पुरस्कार प्राप्त गरे ।

चितवन राइनोजका श्रीलङ्काली ब्याटर कमिल मिसारा ‘रेड बुल इनर्जेटिक प्लेयर’ घोषित भए । उनले रु दुई लाख पुरस्कार प्राप्त गरे । विराटनगर किङ्सका लोकेश बम प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर घोषित भएका छन् । उनले २४२ रन बनाएका थिए । यस उपाधिसँगै उनले पल्सर मोटरसाइकल प्राप्त गरे ।जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले ‘इमर्जिङ प्लेयर’को अवार्ड जितेका छन् । उनले पनि पल्सर मोटरसाइकल प्राप्त गरे ।

सुदूरपश्चिम रोयल्सलाई उपाधि दिलाउन योगदान गरेका जर्ज मुन्से फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए भने उपविजेता लुम्बिनी लायन्सले ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्राप्त गर्‍यो । गत कात्तिक ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको थियो । फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि हात पारेको हो । उपाधिसँगै सुदूरपश्चिमले रु एक करोड ५० लाख पुरस्कार प्राप्त गर्दा उपविजेता लुम्बिनीले रु ८० लाख पायो ।

प्रतियोगितामा तेस्रो भएको चितवन राइनोजले रु ४० लाख र चौथो भएको काठमाडौँले रु ३० लाख पुरस्कार प्राप्त गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports