नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डा बाबुराम भट्टराईका लागि ‘आँखा’ चिह्न लिएर पार्टी दताॅ

1.04K
shares

कुनै बेला डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीको चुनाव चिह्न ‘आँखा’ लिएर निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ ।

‘समावेशी लोकतान्त्रिक पार्टी’ नाममा दर्ता भएको पार्टीको अध्यक्षमा दीपक लामिछाने रहेका छन् । जनता समाजवादी पार्टीमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद चुलिएको बेला नयाँ पार्टी दर्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) विवाद चुलिएको बेला प्रमुख पार्टीहरूले बैठक बोलाएर यसबारे पार्टीको धारणा तय गरिरहेका छन् । जसपामा भने अध्यक्ष यादवले बैठक बोलाएका छैनन् । पार्टीमा डा भट्टराई पक्षधर नेताहरू एमसीसीको पक्षमा खुलेका छन् भने अध्यक्ष यादव पक्षीय नेताहरू मौन बसेका छन् ।

जसपामा कार्यकारी अधिकार बाँडफाँटको विषयमा विवाद भइरहेको बेला एमसीसीको मुद्दाले विवाद थप चुलिने देखिएको छ ।यही विवादको पृष्ठभूमिमा डा. भट्टराई पक्षले पार्टी विभाजन गर्नुपर्ने अवस्थामा यसअघि नयाँ शक्ति पार्टीले लिएको चुनाव चिह्न सुरक्षित गर्न नयाँ पार्टी दर्ता गरेको हुन सक्ने आकलन छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports