निबाॅचनमा देखाईने काड अलिक खतरनाक नै हुन्छ भरसक देखाउनु नपरोस : प्रमुख निबाॅचन आयुक्त
वि.सं.२०७८ फागुन ७ शनिवार १७:१५
shares
sf7df8f}F, @* df3 . lgjf{rg cfof]un] cfufdL j}zfv #) ut] x'g] :yfgLo txsf] lgjf{rgnfO{ nlIft u/L z'qmaf/ ;/sf/L ;~rf/ dfWod tyf b"/ ;~rf/ k|bfos lgsfosf k|d'vx?;Fu ePsf] 5nkmndf cfkmgf] egfO{ /fVb} cfof]usf k|d'v cfo'Qm lbg]zs'df/ yklnof . t:jL/ M /Tg >]i7, /f;;
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन्।
निर्वाचन आयोगद्वारा छैटौं निर्वाचन दिवसका अवसमा आयोजित कार्यक्रममा उनले फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्ड अलि खतरनाक रहने भएको हुँदा त्यसलार्ई समयमै महसुस गर्न दल र उम्मेदवारलाई आग्रह गरे।
‘निर्वाचन फुटबल खेल जस्तै हो, राजनीति दल र उम्मेदवार खेलाडीका रूपमा मैदानमा आउनुहुन्छ। आयोग रेफ्रीको भूमिकामा हुन्छ, निर्वाचनका समयमा मैदानमा रहेका खेलाडी (दल र खेलाडी)ले नियम उलङ्घन (फल्ट) गरिहाल्छ कि भनेर हेर्नु पर्ने हुन्छ,’ फल्ट भए नभएको हेर्ने आयोगसहित निर्वाचनमा खटिने दुई लाख ५० हजारभन्दा बढी जनशक्तिको जिम्मेवारी रहेको बताउँदै उनले भने, ‘हामी चाहन्छौं, कसैले कसैलाई फल्ट गर्यो भनेर रातो कार्ड देखाउनुपर्ने अवस्था सिर्जना नहोस्।’
थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रुपमा लिएर काम गर्न सुझाव दिए। ‘तपाईंले दिँदै आएको परीक्षाभन्दा यो पटकको निर्वाचनका जिम्मेवारी फरक छ, यो परीक्षामा असफल हुने छुट तपाईं हामी कसैलाई छैन,’ उनले भने ‘एकै चरणमा सबै स्थानीय तहमा निर्वाचन हुँदा स्वभाविक कामको चटारो हामीलाई छ, अहिले थोरै समयमा धेरै गर्नुपर्ने हुन्छ, निर्वाचन परीक्षा भएकाले उत्कृष्ट अङ्क लिएर सफल हुनैपर्छ।’
निर्वाचन आयुक्त डा. जानकी तुलाधरले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले सबैपक्षको सहमति सुनिश्चित गर्दै समन्वय र सहकार्यको खाँचो औंल्याइन्। निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनलाई सहजरुपमा सफल तुल्याउन सामूहिक दायित्वकारुपमा बुझेर काम गर्न आवश्यक रहेको बताए।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले स्वच्छ, निष्पक्ष, भयमुक्त विश्वासिलो र मितव्ययी निर्वाचन गर्ने आयोगको पुनित जिम्मेवारीलाई हामी सबैले अवसरका रुपमा लिएर पूरा गर्नुपर्ने बताए। सेतोपाटी





































