संसदको बैठक अधि कायॅब्यबस्था समितिको बैठक बोलाइयो
वि.सं.२०७८ फागुन ८ आइतवार ०८:४५
shares

सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
प्रतिनिधिसभाको बैठकअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। बैठकमा प्रतिनिधिसभाको कार्यसूची बारे छलफल गरिने उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।
आज आइतबार १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा टेबल हुने नहुने निश्चित भने छैन। तर, प्रमुख सत्तारूढ दल कांग्रेस र एकीकृत नेकपा समाजवादी एमसिसी संसदमा टेबल गर्न सहमत भइसकेका छन्।
एकीकृत समाजवादीले शनिबार मात्रै एमसिसी टेबल गर्न दिने निर्णय गरेको छ। एमसिसी संसदमा लैजाने र छलफल गर्ने विषयमा सत्तारूढ दल नेकपा माओवादी केन्द्र भने सकारात्मक छैन।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक १० बजे बोलाएका छन्। भरसक सहमतिमै एमसिसी संसदमा टेबल गर्ने रणनीति उनको छ।



































