kumari
stcnepal

प्रिओपन सेसनमा नेप्से १८ अङ्क भन्दा धेरैले घट्यो

साताको पहिलो दिने प्रिओपन सेसनमा नेप्से १८ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २७१३ विन्दुमा आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको प्रभाव बजारमा देखिएको कतिपयले बताएका छन ।

global bank  ad lamu

यो सेसनमा २ करोड २१ लाख भन्दा धेरैको शेयर खरिद बिक्री हुँदा ९ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै बाँकी कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

आज मात्र लाभांश घोषणा गरको जीवन विकास लघुवित्तको शेयर कारोबार सबै भन्दा धेरै हुँदा यो कम्पनीको शेयर मूल्य ५ हजार माथि पुगेको छ । यो कम्पनीले आज ७० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको थियो ।

 

 

footer