सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

युुरोपमा युनाइस आँधीका कारण कम्तिमा १३ जनाको निधन

533
shares

युुरोपमा युनाइस आँधीका कारण कम्तिमा १३ जनाको निधन भएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, द नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा बढी प्रभावित छन् । यी देशका आँधी प्रभावित क्षेत्रमा रुखहरु ढलेका छन् र सडकहरु अबरुद्ध बनेका छन् ।

आँधीका कारण १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन आपतकालीन कर्मचारीहरुले प्रयास गरिरहेका छन् ।

आँधीले बेलायतको यात्रामा अस्तव्यस्तता ल्याएको छ भने डोभरको इंग्लिस च्यानल बन्दरगाह बन्द गर्नुका साथै बेलायत र वेल्सलाई जोड्ने पुलहरू अवरुद्ध पारेको छ । त्यसैगरी, आँधीका कारण लन्डनभित्र र बाहिर चल्ने धेरैजसो रेलहरु रोकिएका छन् ।

युरोपमा यो साता असर गर्ने युनाइस दोस्रो पटक नाम राखिएको आँधी हो । पहिलो आँधीले जर्मनी र पोल्यान्डमा कम्तिमा पाँच जनाको मृत्यु भएको थियो ।

आँधीबारे पहिलो पटक लन्डनमा शुक्रबार रातो चेतावनी दिइएको थियो । सन् १९८७ मा बेलायत र उत्तरी फ्रान्समा आएको ‘शक्तिशाली आँधी’ पछि यसलाई युरोपको सबैभन्दा ठूलो आँधी बताइएको छ । ‘युनाइस आँधीले साँच्चनै नै एक मुक्का प्रहार गरेको छ’, जलवायु कार्यलयका प्रमुख मौसमविद् फ्रयांक साउन्डर्सले भनेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports