kumari
stcnepal

नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरे

पूँजीबजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । आज आइतबार उनी बोर्डको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेपछि हमाललाई शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनियताको सपथ गराएका थिए । पदभार ग्रहण गर्दै हमालले पुँजी बजार क्षेत्रमा रहेका साना लगानीकर्ताहरुको हितका लागि आफूले काम गर्ने बताए ।  आफ्नो कार्यकालमा केही सुधारको महसुस गर्न सकिने अवस्था बनाइने हमालको भनाइ थियो ।

साना लगानीकर्ताहरुले ढुक्कसँगले लगानी गर्न सक्ने वातावरण बनाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने उनले बताएका छन् । यसबाहेक धितोपत्र बोर्ड आफ्नै आन्तरिक क्षमता वृद्धिदेखि सुशासन कायम गराउनका लागि समेत आफूले काम गर्ने उनले बताएका छन् । गैरआवासीय नेपालीको रुपमा लामो समय थाइल्याण्डमा बसेका हमालसँग सार्वजनिक तथा निजी क्षेत्रसँग सम्बन्धित क्षेत्रको करिब ३ दशकको अनुभव छ ।

सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएपछि बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो । ढुंगानालाई पदबाट हटाएपछि नयाँ अध्यक्ष नियुक्ति गर्न ढिलाइ हुँदा बोर्डको नियमित कार्यसम्पादनमा असर परिरहेको थियो।

 

 

footer