सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरे

533
shares

पूँजीबजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । आज आइतबार उनी बोर्डको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेपछि हमाललाई शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनियताको सपथ गराएका थिए । पदभार ग्रहण गर्दै हमालले पुँजी बजार क्षेत्रमा रहेका साना लगानीकर्ताहरुको हितका लागि आफूले काम गर्ने बताए ।  आफ्नो कार्यकालमा केही सुधारको महसुस गर्न सकिने अवस्था बनाइने हमालको भनाइ थियो ।

साना लगानीकर्ताहरुले ढुक्कसँगले लगानी गर्न सक्ने वातावरण बनाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने उनले बताएका छन् । यसबाहेक धितोपत्र बोर्ड आफ्नै आन्तरिक क्षमता वृद्धिदेखि सुशासन कायम गराउनका लागि समेत आफूले काम गर्ने उनले बताएका छन् । गैरआवासीय नेपालीको रुपमा लामो समय थाइल्याण्डमा बसेका हमालसँग सार्वजनिक तथा निजी क्षेत्रसँग सम्बन्धित क्षेत्रको करिब ३ दशकको अनुभव छ ।

सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएपछि बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो । ढुंगानालाई पदबाट हटाएपछि नयाँ अध्यक्ष नियुक्ति गर्न ढिलाइ हुँदा बोर्डको नियमित कार्यसम्पादनमा असर परिरहेको थियो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports