विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टी ट्वान्टी बिश्वकप छनोटका लागि नेपालले आज क्यानडा सँग खेल्ने

650
shares

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज सोमबार क्यानडाको सामना गर्दैछ ।

विश्वकपमा छनोट हुने लक्ष्य सहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ । नेपाल र क्यानडा बीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यस अघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो ।

नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । २ खेलमा २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ । क्यानाडा माथि जित हात पारे नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ । तर, नेपाल क्यानाडा सँग पराजित भए साथै ओमानले फिलिपिन्स माथि जित निकाले नेट रनरेटको ठूलो भूमिका हुनेछ ।

अर्को तर्फ ओमान फिलिपिन्स विरुद्ध पराजित भए तथा नेपालले क्यानाडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्दा क्यानाडा, ओमान र फिलिपिन्सको सेमिफाइनल सम्भावना नेट रनरेटले निर्धारण गर्नेछ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यस्तै फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिख सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports