सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकार ढाल्ने सपना नदेख

377
shares

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष मध्येका एक प्रधानमन्त्री केपी ओलीले कसैले सरकार ढाल्ने सपना नदेखे हुन्छ भन्ने अभिव्यक्ति दिएका छन् । सरकार ढाल्ने सपना नदेख्न उनले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गरेका हुनसक्छन् ।

तत्कालिन नेकपा एमाले र माओवादीबीच एकता हुँदा आलोपालो प्रधानमन्त्री हुने सहमति भएको उद्घोष पूर्व माओवादीका नेताहरुले गर्दै आएको बेला प्रधानमन्त्री ओलीले आफू पाँच वर्षका लागि प्रधानमन्त्री बनेको संसदबाटै बताएका हुन् । आफ्नो पद जान्छ कि भनेर प्रधानमन्त्री लगलग काँपिरहेका सपना देखिरहेको बताएका छन् । उनले आफ्नो पद जान्छ भन्नेहरुलाई अर्को चुनावसम्म धैर्यता गर्न आग्रह समेत गरेर आफू नै पाँच वर्षका लागि प्रधानमन्त्री बनेको दाबी समेत गरेका छन् ।

लामो समयपछि प्रधानमन्त्री ओलीले भाद्र १ गते संसदलाई सम्बोधन गरेका थिए । सम्बोधनकै क्रममा उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् । सरकार लगलग काँपिरहेको छ भन्ने सपना नदेख्न समेत उनले आफ्नै पार्टीभित्रका नेताहरुलाई आग्रह गरेका छन् । संसदमा नेपाल कम्युनिष्ट पार्टीको एक्लैमात्र बहुमत रहेकाले गर्दा अन्य पार्टीहरु मिल्दा समेत संख्यात्मक रुपले सरकारलाई कुनै अप्ठ्यारो नपर्ने भएपनि प्रधानमन्त्री ओलीले त्यस्तो अभिव्यक्ति दिनु भनेको आफ्नै पार्टीभित्रका अर्का पार्टी अध्यक्ष एवं वरिष्ठ नेताहरुप्रति संकेत गरेको हुनसक्छ । यसरी सत्ताधारी दलभित्रै चरम, असन्तुष्टि रहेको बेला स्वयम् प्रधानमन्त्री र सत्ताधारी दलका केही नेताहरुले प्रतिगमनको कुरा उठाएर पूर्व राजालाई गाली गर्नु कति उचित हुन सक्छ ?

प्रधानमन्त्री पद अनुसारको आचरण गर्नु पर्दछ कि पर्दैन ? सरकारको उदारता देखेर केही तत्व बढ्तै हैसिएको बताउँदै प्रधानमन्त्री ओलीले हड्डी फुक्दैमा कोही लाशबाट बाहिर आउन सक्दैन भन्दै जुन शक्तिको कुरा आएको छ त्यो शक्तिलाई हामीले जिउँदै हुँदा ठेगान लगाएका हौं भन्ने अभिव्यक्ति दिएर त्यही शक्तिको डर देखाएर आफ्नो असफलता र अकर्मण्यतालाई लुकाउन खोजेको जस्तो देखिएको छ । दुई तिहाई नजिकको सरकारले जनताको हितमा काम गर्ने हो भने जनताले ओली सरकारको पक्षमा आफैँ ताली बजाउँछन् तर ओली सरकार गठन भएको १८ महिनाभित्रमा जनताका पक्षमा केही काम हुन नसक्नु, भ्रष्टाचारले सीमा नाघ्नु र सबै निकायलाई कम्युनिष्टकरण गर्नु खोज्नु बाहेक सरकारले केही गर्न नसकेको हुनाले जनता निराश भएका हुन् ।

जनताको निराशालाई आशामा बदल्ने काम गरेर आफ्नो विरोधीलाई जवाफ दिनुपर्ने प्रधानमन्त्रीले अनाहकमा पूर्वराजा र उनका समर्थकहरुलाई गाली गलौज गर्नुले उनी अझपनि पूर्वराजा र राजा समर्थकहरुबाट डराई रहेको आभाष सहजै पाउन सकिन्छ । नत्र भने किन प्रधानमन्त्री र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल बेला बेलामा पूर्वराजाको विरुद्ध बोल्दै जनतालाई सजग रहन आग्रह गरिरहेका छन् त । त्यसैले प्रमाणित हुन्छ उनीहरु पूर्वराजासँग डराईरहेका छन् भनेर ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports