सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपामा एक्लिए नेपाल, ओली–दाहाल एक

442
shares

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्रका पुरानो समिकरण भत्किएको छ । नयाँ समिकरण बनेको छ । नयाँ समिकरण बन्दा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपाल एक्लिएका छन् ।

पार्टीमा मुख्य तीन धार देखिएको छ । जसमा केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल भएपनि पार्टीको एजेण्डा अन्र्तगत निर्णयमा दुई धार देखिएको छ । पार्टीका दुई अध्यक्ष सहितका नेताहरुले बेला बेलामा आ आफ्नो पोजिसनको ख्याल गर्दै बेला बेलामा ध्रुवीकरण हुँदै आएका भएपनि पछिल्लो समयमा ओली र दाहाल एकै धारमा उभिएका छन् । ओली र दाहाल एकै धारमा उभिएपछि माधव नेपाल भने एक्लिएका हुन् ।

नेकपाको श्रावण ३१ र भाद्र १ गते बसेको सचिवालय बैठकपछि नेकपामा समिकरण फेरबदल भएको छ । सो बैठकपछि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, इश्वर पोखरेल र पार्टी महासचिव विष्णु पौडेललगायतका नेताहरु एउटा कित्तामा उभिँदा वरिष्ठ नेता माधव नेपाल भने आफ्नो कित्तामा एक्लै देखिएका छन् ।

सचिवालय सदस्यहरुमा रहेका गृहमन्त्री रामबहादुर थापा र पार्टीका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ भने दुई कित्तामा नलागौं तटस्थ जस्ता देखिएपछि सचिवालयको बैठकमा ओली दाहाललाई आफ्नो पक्षमा निर्णय गराउन सहज भएको छ । सचिवालयमा रहेका ९ जना मध्येका ६ जना ओली दाहाल पक्षमा उभिएका छन् भने थापा र श्रेष्ठ तटस्थ बन्दा नेपाल भने एक्लै भएका छन् । सचिवालय बैठकमा नयाँ समिकरण बनेपछि पार्टीका नेताहरुले आफूँहरु कोसँग मिल्दा आफूहरुलाई सहज हुन्छ त्यसैसँग मिल्ने गरेको हुनाले नेकपाभित्रका अन्तरविरोध विस्तारै बाहिर आउन सक्ने सम्भावना बढेको छ ।

पार्टीभित्र अहिले तत्कालका लागि ओली दाहालको समिकरण बनेको भएपनि पार्टीमा स्पष्ट रुपमा तिनधार रहेका छन् जसमा ओली दाहाल र नेपालले प्रतिनिधित्व गरिरहेका छन् । ९ सदस्यीय सचिवालयमा दाहाल नेपाल, थापा र श्रेष्ठ एकातिर मिलेर समिकरण बनाएपछि ओली पक्षमा ५ जना रहेकाले ओलीलाई आफ्नो पक्षमा सचिवालयबाट निर्णय गराउन कुनै कठिनाई नभएपछि अध्यक्ष दाहाल, ओली पक्षमै पुगेका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एका हुनुभन्दा अगाडि नै एमालेका दुई धार देखिएका थिए त्यसमा ओली पक्ष र नेपाल पक्ष रहेका थिए ।

अहिले त्यही धार परस्पर विरोधी देखिएका छन् । अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गराउन विदेश गएका बेला गोप्य रुपमा माधव नेपाल, वामदेव गौतम लगायतका नेताहरुसँग बैठक गरेका थिए तर गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव ओलीले सचिवालय बैठकमा राखेपछि अध्यक्ष दाहालले त्यसलाई समर्थन गरेपछि दाहाल नेपाल र गौतम बीचको सहमति भताभुङ्ग भएको छ । अध्यक्ष दाहाल भने कहिले ओली सँग त कहिले नेपालसँग गठजोड गर्दै आएका भएपनि सचिवालयको बैठकमा ओली पक्षमा बहुमत रहेपछि उनीसमेत ओली पक्षमै उभिएका छन् ।

प्रधानमन्त्री ओलीले भाद्र १ गते संसदमै बोल्दै आफ्नो नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने अभिव्यक्ति दिएपछि अध्यक्ष दाहालले पार्टी एकीकरण हुँदा दुई अध्यक्षबीच भएको सहमति अनुसार नै प्रधानमन्त्री चल्नुपर्ने बताएका छन् । पाँच वर्षसम्म नेपाल कम्युनिष्ट पार्टीलाई सरकार सञ्चालन गर्ने जिम्मेवारी जनताले दिएका भएपनि दुई अध्यक्ष बीचमा कहिले काँही विवाद उत्पन्न हुने गरेकोले ओली सरकारनै पाँच वर्ष टिक्छ भन्न सकिने अवस्था देखिँदैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports