प्रदेश १ को नामाकरणका लागि आज सर्वदलीय बैठक बस्दै
वि.सं.२०७८ फागुन १० मंगलवार ११:२१
shares

काठमाडौँ । प्रदेश १ को नामाकरणका लागि आज सर्वदलीय बैठक बस्दै छ। सरकारले प्रदेशको नामबारे छलफल गर्न आज (मंगलबार )विराटनगरमा सर्वदलीय बैठक आह्वान गरेको हो। सत्ता गठबन्धनमा रहेका पाँच दल, मुख्य विपक्षी नेकपा एमाले र विपक्षी दल राप्रपासहितको बैठकमा नामबारे छलफल थाल्ने सरकारी तयारी छ।
नेकपा एकीकृत समाजवादी नेतृत्वमा रहेको सत्ता गठबन्धनका अन्य दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मन्चसहितको गठबन्धनले सहमतिमा एउटै नाम प्रस्ताव गर्ने सहमति गरेका छन्।
प्रदेशको सत्ता गठबन्धनलाई एउटै नाममा सहमति जुटाउने र त्यसलाई प्रदेशसभाबाट पारित गराउने काम फलामको चिउरा चपाएसरह गाह्रो हुने अवस्था प्रदेशमा विद्यमान छ।



































