विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यक्ष ओली बालुवाटारमा

624
shares

असारमा सत्ता छाडे पछि  एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवासङ्ग परामर्शको निम्ति बालुवाटार पुग्नुभएको छ । उहाँ पार्टी उपाध्यक्ष विष्णु पौडेललाई साथमा लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको हो ।

संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको संसदीय अनुमोदनको जोडघटाउ चलेको बेला ओलीको बालुवाटार प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यता सत्ता गठबन्धनका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी अनुमोदनमा मतदान नगर्ने बताएपछि राजनीतिक दाउपेचको गति बढेको बताइन्छ ।

आजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच सिंहदरबारमा झण्डै एक घण्टा वार्ता भएको थियो ।

पर्सि संसदमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको उक्त सम्झौता अनुमोदन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको भेटलाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आशंकापूर्ण ढंगले लिएको बताइन्छ ।

आजै बालुवाटार जानुअघि उहाँले बालकोट निवासमा अमेरिकी राजदूत बेरी सँग भेट गर्नुभएको एमाले स्रोतले बताएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports