विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज नेपाल भारत उजाॅ सचिव स्तरिय बैठक बस्दै

767
shares

नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को नवौँ बैठक आज  काठमाडौंमा बस्दैछ । निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नेछन् ।

समितिको बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि कोरोना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन ।

बैठकको पहिलो दिन आज नेपाल(भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्लुजी)को बैठक बस्नेछ,  बैठकले टुंगो लगाएका विषय दोस्रो दिन हुने सचिवस्तरीय बैठकमा पेस हुनेछन् ।

नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव राखिनेछ भने नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुन देखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ ।

नेपाल र भारत बीच निर्माण हुन लागेको दोस्रो अन्तर्देशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुने जनाइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports