विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज न्याय परिषदको बैठक बस्ने, बिशेष अदालतमा न्यायाधीश खटाउने निर्णय हुन सक्ने

611
shares

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार न्याय परिषद्को बैठक बोलाएका छन् । विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनका लागि परिषद्को बैठक डाकिएको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार बुधबार अपराह्न ४ बजेका लागि परिषद्को बैठक बोलाइएको छ । बैठक एजेण्डाका सम्बन्धमा भने अहिले नै केही भन्न नमिल्ने बताए । यद्यपि बुधबार बस्ने परिषद्को बैठकले विशेष अदालतमा रिक्त अध्यक्ष सहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने एजेण्डा रहेको छ । त्यसबाहेक विविध विषयमा पनि छलफल हुनेछ ।


विशेष अदालतमा गत साउन महिनादेखि अध्यक्ष सहित ४ न्यायाधीशको पद रिक्त छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गत साउन २९ गते विशेष अदालतमा कामकाज गरिरहेका अध्यक्ष प्रेमराज कार्की सहित न्यायाधीशहरू बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्र बहादुर सारुलाई अन्य अदालतमा सरुवा गरेपछि विशेष अदालतमा दुई जना न्यायाधीशले मात्रै कामकाज गरिरहेका छन् । अहिले विशेष अदालतमा अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेय मात्रै न्यायाधीशका रूपमा कार्यरत छन् ।

विशेष अदालतमा उच्च अदालतका न्यायाधीशलाई काज सरुवा गर्ने कानुनी व्यवस्था छ । तर विशेष अदालतमा काज सरुवा गर्नका लागि न्याय परिषद्ब बाट सिफारिस हुनुपर्ने भएकाले परिषद्को बैठक बस्न नसक्दा विशेष अदालतमा न्यायाधीश पठाउन सकिएको थिएन । जसका कारण कतिपय मुद्दाको सुनुवाइ नै हुन सकेको छैन भने कतिपय मुद्दा पेसीमै चढ्न सकेका छैनन् । ६ जना न्यायाधीश हुँदा तीन–तीन जनाको दुईवटा इजलास रहने गरेकामा अहिले जम्मा दुई जना मात्रै न्यायाधीश रहँदा तीनजना न्यायाधीशले सुरुवाती सुनुवाइ गरेका मुद्दामा फैसला गर्नसमेत नैतिक सङ्कट पर्छ भने पालो नआउँदा सेवाग्राहीलाई मर्का पर्ने गरेको छ । यतिबेला विशेष अदालतमा ६७० थान मुद्दा रहेका छन् । यही विषयलाई सम्बोधन गरी न्याय परिषद्ब बाट सिफारिस गराउन कामु प्रधानन्यायाधीश कार्कीले बुधबार न्याय परिषद्को बैठक बोलाएका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports