विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

624
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । भोलि बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीलाई पारित गर्ने गृहकार्यमा सरकार जुटिरहेको बेला कांग्रेस नेतासमेत रहेका मन्त्री खाँण प्रचण्डलाई भेट्न खुमलटार गएका थिए ।

भेटमा एमससीसी परियोजना लगायतका विषयमा छलफल भएको मन्त्री खाँण निकट स्रोतले बतायो ।प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पास गर्ने प्रयासमा हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । ‘सायद त्यही छलफलबारे प्रचण्डलाई जानकारी गराउन प्रधानमन्त्रीले गृहमन्त्रीलाई पठाएको हुनुपर्छ,’ स्रोतले भन्यो  ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports