लोसपाको निणॅय एमसीसीको पक्षमा मत दिने, प्रधानमन्त्री देउवालाई राहत
वि.सं.२०७८ फागुन ११ बुधवार १६:४३
shares

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य केशव झाले बताए ।
प्रतिनिधिसभामा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । संसदीय दलको बैठकले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो ।
बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । संसद् सचिवालयले भोलि एमसीसी माथि छलफल हुने कार्यसूची समेत सार्वजनिक गरिसकेको छ । त्यसैले भोलिको संसद बैठक एमसीसीका लागि निर्णायक हुन सक्ने भन्दै लोसपाले पक्षमा मत दिने निर्णय गरेको हो ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भन्ने अन्य दलले निर्णय लिन बाँकी छ ।




































