kumari
stcnepal

प्रिओपन सेसनमा नेप्से एक अङ्कले घट्यो

साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से एक अङ्कले घटेको छ । गत बिहीबार पनि नेप्से ५८ अङ्क भन्दा धेरैले घटेर बजार बन्द भएको थियो । नेप्से घटे पनि कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ ।

यो सेसनमा आज ४५ कम्पनीको शेयर खरिद बिक्री भएकोमा १७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको भने घटेको छ त्यस्तै १९ कम्पनीको शेयर मूल्य यथावत रहको छ । अरुण भ्याली जलविद्युत कम्पनीको सबै भन्दा धेरै शेयर किनबेच हुँदा ८८ लाख माथिको कुल कारोबार भएको छ ।

सरकारले संसदबाट एमसीसी पास गराउने देखिएपछि लगानीकर्ताहरू जलविद्युतमा झुमिएको देखिएको छ । आज कारोबार भएका मध्य अधिकांश कम्पनी जलविद्युतकै रहेका छन ।

 

 

 

footer