सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसीको व्याख्यात्मक घोषणामा यि पाँच नेताहरुको असहमति

507
shares

काठमाडौँ । व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने गठबन्धनको तयारी प्रति नेकपा माओवादी केन्द्रका पाँच नेताले असहमति जनाएका छन् । यसबारे छलफल गर्न आइतबार बिहान केन्द्रीय कार्यालयको अनौपचारिक नेताहरुको बैठक बसेको थियो । बैठकमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएको पार्टी स्रोतले बताएको हो ।

नेता लीलामणि पोखरेलले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने विषयमा आफ्नो गम्भीर असहमति रहेको बताए । ‘व्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैन भनेर मैले पार्टी बैठकमा पनि प्रतिवाद गरेँ, म लगायत अन्य साथीहरूले पनि साथ दिनुभयो’, उनले भने, ‘यसले देश र जनताको भावनाको प्रतिनिधित्व गर्दैन । यसले देशलाई नोक्सान मात्रै हुन्छ ।’

बैठकमा संविधान र गठबन्धनलाई जोगाउन बीचको बाटो खोज्नुपर्यो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान र गठबन्धन जोगाउनका लागि एमसीसीमा बीचको बाटो खोज्नुपर्ने बताएका थिए । संविधान र प्रणालीलाई जोगाउन निरन्तर आइसोलेशनमा बसेर पनि नहुने प्रचण्डको भनाइ थियो । प्रचण्डले पार्टीले संशोधनबिना पारित गर्न नहुने भनेपनि संशोधन अमेरिकाले मान्यो भने बीचको बाटो खोज्नुपर्ने बताएको एक नेताले जानकारी दिएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports