सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसीको विरोधमा आज पनि संसद भवन बाहिर प्रदर्शन

390
shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरुले आज पनि काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन गरेका छन् ।

युवा संगठन वाईसीएलको झण्डा बोकेका उनीहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै केहीबेर नाराबाजी गरेका थिए ।तर उनकै पार्टी नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका पाँच नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले भने विरोध जनाएका छन् ।

माओवादी बैठकलगत्तै बसेको सत्ता गठबन्धनको बैठकले पनि एमसीसीलाई आजै संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा दैनिकजसो प्रदर्शन हुँदै आएको छ । एमसीसी विरुद्धको प्रदर्शनमा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, राप्रपाका कार्यकर्ताहरु समेत छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports