सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ब्याख्यात्मक घोषणासहित आजै एमसीसी सम्झौता पारित गराउने सरकारको निर्णय, दोस्रो बैठक राखेर निर्णय गराइने

429
shares

 

काठमाडौं । आज बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित आजै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास वालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।

ब्याख्यात्मक टिप्पणीसहित संसदमा पेश गरेर आजै एमसीसी पारित गर्न गठबन्धन सहमत भएको जानकारी पौडेले गराएका हुन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै केही समय मागेका थिए ।

तर, समय नभएको भन्दै आजै पारित गर्ने निर्णय गरिएको उनले बताए । नेता पौडेलले थपे, ‘एमसीसी आजै पारित हुन्छ ।’ आज १ बजे बस्ने भनिएको संसदको बैठक केही घण्टा चलाएर पुन दोस्रो बैठक राखी सोह बैठकवाट एमसीसी सम्झौतलाई पारित गराउन सत्ता गठवन्धन लागि परेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports