प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व मन्त्री श्रेष्ठ बिरूद्ध अख्तियारले दायर गर्यो मुद्दा

611
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव तथा पूर्वमन्त्री रामकुमार श्रेष्ठ विरुद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार स्राेत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उनी विरुद्ध मुद्दा दायर भएको हो।

आयोगले उनी माथि चार करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बिगो दाबी माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। श्रेष्ठले सरकारको शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रीका रूपमा रहँदा पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको आयोगको आरोप पत्रमा उल्लेख छ। उनी खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषदमा मन्त्रीको जिम्मेवारीमा रहेका थिए।

आरोप पत्रमा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति बराबरको सम्पत्ति, घरतर्फ, जग्गातर्फ र बैंक खाता समेत रोक्का राख्न माग गरेको छ। त्यस्तै, आरोप पत्रमा उनकी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठलाई समेतलाई प्रतिवादी कायम गरी उनीहरूको नाममा रहेको घर, जग्गा तथा बैंक खातासमेत रोक्का राखी जफत गर्न माग दाबी गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports