एमसीसी माथिको सामान्य छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत
वि.सं.२०७८ फागुन १५ आइतवार १८:४२
shares

संघीय संसदमा पेश भएको एमसीसी माथिको सामान्य छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठक बाट सामान्य सैद्धान्तिक छलफल बहुमतले पारित भएको हो । एमाले सांसद्हरुले बैठकमा गरिरहेका विरोध प्रदर्शनका बावजुत सैद्धान्तिक छलफल बहुमतले पारित भएको हो ।
आइतबार ३ बजेदेखि सुरू भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी माथि सामान्य छलफल होस् भनेर प्रस्ताव पेस गरेका थिए । यसअघि एमसीसी माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुपर्ने अवस्थालाई छल्न जिल्ला भ्रमणमा गएको आरोप खेपेका अर्थमन्त्री शर्माले आइतबार सोही प्रस्ताव प्रस्तुत गरेका हुन् ।





































