प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महरा माओबादी परित्याग गरि एमालेमा प्रवेश

494
shares

खबरमुकाम । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले पार्टीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्न सघाएको भन्दै नेकपा माओवादी केन्द्र छाडेका छन् ।

माओवादी परित्याग गरी उनी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेले आइतबार आयोजना गरेको सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षणमा सहभागी भएर उनले पार्टी प्रवेश गरेका हुन् । ‘आजबाट नेकपा माओवादी केन्द्रले पनि राष्ट्रघाती एमसीसी सम्झौता पारितमा विभिन्न बहानामा सहयोग गरेकाले आजै बाट माओवादी केन्द्रको सदस्यता त्याग गरी राष्ट्रिय स्वाधिनता रक्षाको लडाइँमा आफ्नो अमूल्य जीवन समर्पित गर्ने संकल्प गर्दछु,’ महराले भने ।

उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली र सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसहितले पार्टीमा स्वागत गरेका थिए। सरकारले एमसीसी अनुमोदन गरे सँगै सत्ता गठबन्धनका नेताहरुले उक्त निर्णय प्रति असन्तुष्टि जनाउने क्रम जारी रहेको छ । सत्ता गठबन्धनमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भित्र असन्तुष्टि बढेको छ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेलले एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णय प्रति असहमति जनाएका छन्। यस्तै एकीकृत समाजवादीमा पनि सम्मानित नेता झलनाथ खनाल लगायत रुष्ट देखिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports