सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

युक्रेनको पक्षमा नबोलेको भन्दै भारतीय बिधार्थी माथी कुटपिट

481
shares

युक्रेन माथि रुसको आक्रमणका कारण त्यहाँ रहेका कतिपय विद्यार्थीहरू त्यहीँ फसेका छन् ।

पोल्यान्ड र रोमानियाको बाटो हुँदै उनीहरू घर फर्किरहेका छन् । तर धेरैलाई भारत फर्किन कठिनाइ भइरहेको छ । मेडिकल पढ्ने विद्यार्थीहरूले आफूलाई पोल्यान्ड युक्रेन बोर्डरका कैयौं चेकपोइन्टमा कुटपिट गरिएको बताए । आफूलाई चिसो कठ्यांग्रिदो जाडोमा कैदीलाई जस्तो राखिएको अनि खाना, पानी र न्यानो कोठा समेत उपलब्ध नगराइएको उनीहरूले बताए । बोर्डर गार्ड्सले भारतीय विद्यार्थीहरूलाई गालीगलौज गरेर कुटपित समेत गरे ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन माथि रुसको आक्रमण विरुद्ध निन्दा प्रस्तावमा भएको मतदानमा भारत अनुपस्थित भएपछि युक्रेनीहरू भारतीय सँग रिसाएका हुन् ।भारतीय विद्यार्थीहरूले शेयर गरेको भिडियोमा युक्रेनी सैनिकहरूले हावामा गोली चलाएको र विद्यार्थीहरूलाई धकेलेको देखिन्छ । युक्रेनका सर्वसाधारणले पनि आफूहरू सँग दुर्व्यवहार गरेको भारतीय विद्यार्थीहरूको भनाइ छ । हजारौैं भारतीय विद्यार्थीहरू अझै पनि पोल्यान्ड सीमामा अड्केका छन् । उनीहरू ट्रेन, कार, बस वा पैदलै हिँडेर सीमामा पुगेका हुन् ।

भारत सरकारले युक्रेनमा फसेका हजारौं विद्यार्थीलाई उद्धार गर्न सकेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports