kumari
stcnepal

कृषि विकास बैंकले बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठायो

कृषि विकास बैंकले बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाइदिएको छ । बैंकले गत वर्षको मुनाफा बाट शेयरधनीलाई वितरण गरेको २० प्रतिशत बोनस शेयर पठाएको हो ।

बैंकले गत पुस १६ गतेसम्म शेयर कायम शेयरधनीको खातामा सो बोनस शेयर खातामा पठाइदिएको हो । पुस १६ पछि डिम्याट गर्नेहरुको बोनस शेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।

तर अहिले सम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफू सँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने बैंकले जनाएको छ । बैंकको पुस २९ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर कर प्रयोजनार्थ १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

footer