विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कृषि विकास बैंकले बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठायो

689
shares

कृषि विकास बैंकले बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाइदिएको छ । बैंकले गत वर्षको मुनाफा बाट शेयरधनीलाई वितरण गरेको २० प्रतिशत बोनस शेयर पठाएको हो ।

बैंकले गत पुस १६ गतेसम्म शेयर कायम शेयरधनीको खातामा सो बोनस शेयर खातामा पठाइदिएको हो । पुस १६ पछि डिम्याट गर्नेहरुको बोनस शेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।

तर अहिले सम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफू सँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने बैंकले जनाएको छ । बैंकको पुस २९ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर कर प्रयोजनार्थ १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports