सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज शेयर बजारमा भारी गिरावट

572
shares

आज शेयर बजारमा भारी गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ४३ दशमलव १० अंकले २,६१० दशमलव ६० को विन्दुमा कायम भएको छ । आज ७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २२७ वटा कम्पनीको ७८ करोड ३४ लाख ९१५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज अपि पावर कम्पनीको १६ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४९८ रुपैयाँ कायम भएको छ । अरुण भ्याली हाइड्रो पावर कम्पनीको १४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन डिष्टिलरीको १३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६३५ रुपैयाँ कायम भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३५० रुपैयाँ कायम भएको छ ।

आज एनआइसी एशिया डिवे१चरका इकाईधनीले २ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले १ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी इक्विटी फण्डका इकाईधनीले १ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रेजेन्सीका लगानीकर्ताले १ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ता र सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports