तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकार बदल्ने र गठबन्धन भत्किने डरले गर्दा एमसीसी पारित गर्ने निणॅय गरे : दाहाल

585
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बदल्ने र गठबन्धन भत्काउने प्रयास भएपछि त्यसलाई रोक्न एमसीसी अनुमोदन गर्नुपरेको बताएका छन् ।

एमसीसी अनुमोदन हुँदा देश दुर्घटना बाट बच्यो भनेर खुशी लागेको बताउदै उनले सोमवार पत्रकार सम्मेलन आयोजना गरी समसामयिक विषयमा धारणा सार्वजनिक गर्ने क्रममा उनले भने,- ‘हामीले एग्री टू डिसएग्रीको सहमति गरेका थियौं । तर, त्यसले काम गरेन । सरकार बदल्ने, गठबन्धन भत्काउने प्रयास हुन थाल्यो । त्यसलाई रोक्न पनि कुनै न कुनै उपाय निकालेर एमसीसी अनुमोदन गर्नुपर्ने अवस्था आयो।’

एमसीसीकै कारण शान्ति सम्झौता दुर्घटनामा पर्ने, संविधान डिरेल हुने र गठबन्धन टुट्यो भने धेरै चिज उल्टिने खतरा देखे पछि बीचको बाटो खोजेर एमसीसी अनुमोदन गरेको उनको स्पस्टोक्ती थियो।

देशलाई दुर्घटनामा जान नदिन व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदनको लागि पार्टीमा निर्णय गराएको उनले बताए ।एमसीसीका विषयमा लामो विवाद र छलफल भएपछि गठबन्धनमा ‘असहमत हुन सहमत हुने’ सहमति गरेको तर, त्यसले काम नगरेको पनि उनले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports