सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कलिलैमा गणतन्त्रलाई नमारौं रे !

442
shares

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले गणतन्त्र र सरकारका विरुद्ध बोल्ने, लेख्नेहरुका विरुद्ध सरकार चुप लागेर बस्न नसक्ने भन्दै अब कार्वाहीमा उत्रने अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी आलोचना भएको छ । संविधानले नै जनतालाई दिएको अधिकार जनताले प्रयोग गर्दा सरकार आफ्नै जनतामाथि जाइलाग्ने उद्घोष गर्नु आफ्नो असफलता र अर्कमण्यता लुकाउनु बाहेक अन्य केही हुन सक्दैन । संविधानले दिएको अधिकार प्रयोग गर्दा सत्ताधारी दल र सरकारका मन्त्रीहरु नेपाली जनतासँग रुष्ट हुँदै गएका छन् ।

संविधानले राष्ट्र, राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ता बाहेक अन्य सबै कुरालाई परिवर्तनीय भनि स्वीकार गरेको छ । यी तीन कुरा बाहेक अन्य सबै कुरा जनताले चाहेको खण्डमा सहज रुपमा परिवर्तन हुन सक्छन् । पछिल्लो समयमा राजनीतिक दलहरुले र जनताले यी कुरालाई स्वीकार गरेका छन् । यी तीन कुरामा कसैको विरोध छैन रहेन तर अन्य कुरालाई परिवर्तनीय भनी संविधानले नै स्वीकार गरेको अवस्थामा जनतालाई आफ्नो पक्षमा पार्ने राजनीतिक दलहरुलाई जसरी छुट छ, त्यो छुट अन्य सबैलाई रहेको छ ।

संविधान ढुँगाको अक्षरले लेखिएको होइन । संविधान संशोधन हुन सक्छ, संविधान नै परिवर्तनीय रहेको छ । त्यसै कारण सत्ताधारी दलका दुई अध्यक्ष मध्येका एक पुष्पकमल दाहालले हालै एक कार्यक्रममा लोकतान्त्रिक गणतन्त्रका विरुद्ध भइरहेको विरोधलाई साम्य पार्न आफ्नो संगठनका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष दाहालले उक्त कुरा पूर्व माओवादी नेता पोष्टबहादुर बोगटीको पाँचौ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकमा अराजकता बढेको भन्दै त्यसका विरुद्ध प्रतिकारमा उत्रन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । सत्ताधारी दलका अध्यक्षले जनताका विरुद्ध प्रतिकारमा उत्रिन निर्देशन दिनु कति उचित हो ?

कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले जनताको चाहनानुसार काम गर्न नसकेको मुलुकमा भ्रष्टाचार बढेको, महंगी, हत्या, आतंक, शान्ति सुरक्षा खस्किएको, बलात्कार बढेकोले जनता सडकमा उत्रिएका हुन् । सरकारको काम कारबाहीको विरोध गर्दा गणतन्त्रकै विरोध भयो भन्नु हाँस्यस्पद बाहेक अन्य केही हुन सक्दैन । संविधानले गणतन्त्रको विरोध गर्न पाइँदैन कहाँ भनेको छ ? परिवर्तनीय भनेका कुराहरुको जनताले विरोध गर्न पाउनु नै असली लोकतन्त्र हो ।

मुखले समृद्धिको नारा दिएपनि कम्युनिष्ट सरकार र कम्युनिष्ट पार्टी भित्रभित्रै कम्युनिष्ट सिद्धान्तलाई लागु गर्न लागि परेको जस्तो देखिएको छ । सरकारका काम गराई र भनाईमा फरक रहेको छ । अध्यक्षकै भनाईलाई स्वीकार गर्ने हो भने कलिलोमा नै गणतन्त्र मार्नु हुँदैन, अलिक वयस्क भएपछि मात्र मार्नुपर्ने हो कि ? जनताले चाहेको खण्डमा कलिलो र बयस्क भन्ने नै हुँदैन । जनताले आफ्नो इच्छा अनुसारको व्यवस्था लागु गर्न सक्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports