सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चमेरो रुखमा झुण्डिए झैँ झुण्डियो समाजवादी पार्टी

455
shares

काठमाडौ । संविधान जारी भएको आजको दिन अर्थात असोज ३ गतेलाई सरकारले घर घरमा दिपावली गर्न सबैलाई आह्वान गरेको छ । तर त्यही संविधानलाई स्वीकार गरी सरकारमा रहेको समाजवादी पार्टीले भने संविधान दिवसलाई नत स्वीकार गर्ने, नत विरोध नै गर्ने चमेरो रणनीति लिएको छ । समाजवादी पार्टीका अध्यक्ष नै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका छन् भने उनको पार्टीबाट उपप्रधानमन्त्री सहित एक मन्त्री र एक राज्यमन्त्री रहेका छन् । उनीहरुले सरकारी सेवा सुविधामै रहेर संविधान दिवसका दिन चमेरो नीति लिएको हुनाले त्यसको सर्वत्र आलोचना भएको छ । यदि संविधान प्रति विरोध भए सरकार छोड्नुपर्दछ यदि होइन भने त्यही संविधान अनुसार मन्त्री पदमा रहेर चमेरो नीति लिनु किमार्थ उचित हुन सक्दैन ।

चमेरो न पक्षीं हो, न पशु नै हो । ऊ स्तनधारी जनावरपनि होइन तर उसको स्तन हुन्छ, तर उ उड्न सक्छ, त्यसैले उसले आफ्नो स्वार्थ अनुसार पंक्षीको बथानमा पुगेर आफू पंक्षी भएको भन्दै उड्न सक्छु भन्दछ भने स्तनधारी पशुमा गएर आफू स्तनधारी भएकाले आफूसँग स्तन रहेको बताउँदै हिँड्छ । त्यही कारण उसलाई न पंक्षीले पत्याउँछन् न त स्तनधारी पशुले नै त्यसै कारण ऊ रुखमा झुण्डिएर बस्दछ । अहिले समाजवादी पार्टीको हालत पनि त्यस्तै भएको छ । सत्तापक्षमा बसेर सुख सुविधा लिने मन्त्री बन्ने तर संविधानलाई स्वीकार नगर्ने । अनि जनतामा गएर संविधानको विरोध गर्ने ? समाजादी पार्टीको यो सिद्धान्तलाई न त सत्तापक्षले स्वीकार गर्न सकेको छ न त जनताले नै आँखिरी ऊ समेत अहिले रुखमा झुण्डिएको चमेराकै हालतमा पुगेको छ ।

समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले उपप्रधानमन्त्री उपेन्द्र यादवलाई सरकार छोड्न दबाव दिएपछि सरकारी सुख सुविधामै रमाउँदै यादव सरकार छोड्न तयार देखिएका छैनन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका र संविधान संशोधनको माग गरिरहेका छन् । संविधान संशोधनमा सरकारले कुनै कदम अगाडि नबढाएको भन्दै राजपाले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने उसले संविधान दिवसको दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको छ । तर समाजवादी पार्टीले भने दुवै खाले कार्यक्रममा सहभागि नभई संविधान संशोधनको आवश्यकता बारे सातै प्रदेशमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

गतवर्ष पनि संविधान दिवसको दिन सरकारमै रहेर पनि संविधान दिवसका कार्यक्रममा यादव सहित उनको पार्टी सहभागि भएको थिएन । यस पटक अध्यक्ष यादव संविधान दिवस छल्नका लागि अमेरिका गएका छन् । उनी असोज १४ गतेमात्र नेपाल फर्किने भएका छन् । यसरी सत्तामै रहेर संविधानको बर्खिलाप गर्ने व्यक्तिलाई न त प्रधानमन्त्रीले बर्खास्त गर्न सकेका छन् न त उनको पार्टीले नै फिर्ता बोलाउन सकेको छ । यी सबै कारणहरुले गर्दा समाजवादी पार्टी चमेरो रुखमा झुण्डिएजस्तै दुवैतिर झुण्डिएको छ भन्नुमा कुनै आपत्ति नहोला । उनैको पार्टीको नेता प्रदेश नं. २ को मुख्यमन्त्री रहेका छन् । प्रदेश नं. २ को सरकारले भने संविधान दिवस मनाउने निर्णय गरेको भएपनि राजपाबाट मन्त्री भएकाले बहिष्कार गर्ने भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports