अन्तराष्ट्रिय अदालत जानुपर्ने डरले दाहालले एमसीसी अनुमोदन गराए : बिजुक्छे
वि.सं.२०७८ फागुन १८ बुधवार ०९:०२
shares

एमसीसीको विरोध गर्दै आएका प्रचण्डले सहमति जनाएपछि गत आइतबार संसद बाट एमसीसी पारित भएको थियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले यो घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द्वन्द्व सँग जोडेका छन् ।
‘युद्धको नाममा १७ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रास’ले एमसीसीमा सहमति जनाएको विजुक्छेले स्पष्ट गरेका छन् ।
भक्तपुरको न्हुः पुखु (रानीपोखरी)को मंगलबार उद्घाटन गर्दै बिजुक्छेले प्रचण्डको त्रासकै कारण एमसीसी पास भएको बताए ।
जनताको इच्छा विपरीत संसदले हतारहतार एमसीसी पास गर्नु दुःखद् भएको भन्दै उनले त्यसका विरुद्ध पार्टीले देशभर विरोधसभा गरेको बताए । एमसीसी नेपाल र नेपालीका लागि घातक हुने उनको भनाइ छ ।





































