माओबादीका असन्तुष्ट नेता नारायणकाजी र विप्लव बीच भेटवार्ता
वि.सं.२०७८ फागुन १८ बुधवार १०:५६
shares

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न आज बुधबार बिहान हात्तिवन स्थित उनको निवासमै पुगेका छन्।
अमेरिकी सहयोग परियोजना (एमसीसी) जबरजस्ती पारित गरेको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र चरम असन्तुष्टि व्यक्त गरिरहेका नेता श्रेष्ठलाई भेट्न विप्लव उनको निवासमै पुगेका हुन् । एमसीसीको विषयलाई लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रिसाएका नेता श्रेष्ठ र विप्लव बीचको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
एमसीसी बारे श्रेष्ठ र विप्लवको धारणा एकै खालको रहँदै आएको छ । दुवै नेता एमसीसीको विपक्षमा छन् । श्रेष्ठ रिसाए पछि अध्यक्ष प्रचण्डले पनि यसअघि उनकै निवासमा पुगेर छलफल गरेका थिए । तर, प्रचण्डको कुरा श्रेष्ठले चित्त बुझाएका छैनन् ।





































