सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफ्नो असफलता लुकाउन अरुलाई दोष

455
shares

पछिल्लो समयमा राजनीतिमा अविश्वासका पर्खालहरु खडा हुन थालेका छन् । जनतामा आशा भन्दा निराशा बढेको छ । असन्तुष्टि चुलिँदै गएका छन् । जनतामा बढेको निराशा अविश्वास र निराशालाई पन्छाएर मुलुक सञ्चालन गर्न दुई तिहाई नजिकको सरकारलाई कठिनाई परेको जस्तो देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकार गठन भएको दुई वर्षसम्म नपुग्दै सरकारप्रति जुन तवरमा अविश्वास बढेको छ, त्यसले सकारात्मक सन्देश दिएको छैन ।

मुलुकमा शान्ति सु्व्यवस्था कायम हुन सकेको छैन । मुलुकमा दुई तिहाई नजिकको सरकार हुँदा जनतामा निराशा बढ््नु भनेको शुभ संकेत होइन । सरकारका गलत क्रियाकलपाले गर्दा जनताले आक्रोश पोख्न थालेका छन् । त्यसैको परिणाम हो पुडासैनी आत्महत्या प्रकरण, गुठी विधेयकको विरोधमा स्वतस्फूर्त तरिकाले जनता सडकमा उत्रिनु र सरकार विरुद्ध आक्रोश सडकमै पोखिनु । सरकारले जनताको हितमा काम गर्न सकेको भए त्यसरी सडकमा आक्रोश पोखिन सक्ने सम्भावना नै थिएन । तर सरकारले भने सडकमा पोखिएको आक्रोशलाई हेरेर आफ्नो कार्यशैली सुधार गर्ने प्रयाससम्म नगरेको हुनाले चितवनमा पोखिएको आक्रोश भन्दा ठुलो आक्रोश फेरि पोखिन सक्छ ।

२०४६ सालको राजनीतिक परिवर्तनलाई दलहरुले व्यवस्थापन गर्न नसकेका र २०६२÷०६३ पछिको राजनीतिक अवस्थामा आएको परिवर्तनले गर्दा जनतामा आक्रोश मत्थर हुनु पर्दथ्यो तर त्यसो हुन सकेन । राजनीतिमा अविश्वासका खाडलहरु राजनीतिक दलहरुले खनेका हुन् । त्यसबेला दलहरुले जनतालाई दिएका आश्वासनहरु पूरा गरेको भए जनतामा एक प्रकारको आशा जाग्न सक्थ्यो । तर त्यसो हुन सकेन । महत्वपूर्ण कुरामा जनताको मत लिएर निर्णयहरु गरेका भए अहिले देखिएका समस्याहरु आउने नै थिएनन् । तर जनतालाई सोध्दै नसोधी मध्यरातमा नेपाललाई गणतन्त्र, संघीयता र धर्म निरपेक्षता लादिएको हुनाले नै अहिले समस्या देखिएको सत्य वास्तविकतालाई दलहरुले पचाउन सकेका छैनन् । जबसम्म यी विषयहरुमा जनताको मत लिइँदैन तवसम्म मुलुकमा शान्ति सुरक्षा लगायत विकासले गति लिन सक्दैन । लोकतान्त्रिक व्यवस्थामा जनता नै निर्णयक र सर्वोसर्वा हुने भएकाले जनताको राय सल्लाह लिन दलहरुले हिचकिच्याउनु हुँदैन ।

राजनीतिक दलहरुप्रति जनताको विश्वास नै महत्वपूर्ण हुन्छ । जनताले राजनीतिक दलहरुलाई स्वीकार गर्न नसकेको अवस्थामा जस्तोसुकै व्यवस्था ल्याएपछि त्यो टिकाऊ हुन सक्ने सम्भावना न्यून हुन्छ । त्यसले राष्ट्र, राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौम सत्ता बाहेकका अन्य विषयहरुमा जनमत संग्रहको माध्यमद्वारा निर्णय लिनु उचित विकल्प हुन सक्छ । सरकारका गलत क्रियाकलापको विरोध गर्दा व्यवस्थाकै विरोध गरे भनेर कुर्लिनुको कुनै औचित्य देखिँदैन । जनताले चाहेको खण्डमा सरकार मात्र होइन संविधान नै परिवर्तन गर्न सकछन् भन्ने प्रमाणित त हाम्रै देशमा रहेको छ । २०४६ सालको राजनीतिक परिवर्तन देखि अहिलेसम्म अर्थात २०७६ सम्म आइपुग्दा मुलुकमा विकृतिका चाङ लागेका छन् । यसैले नेपाल विकृतिहरुको अखडा बन्दै गएको छ ।

शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा सुविधाहरु समेत जनताले सहज रुपमा पाउन सकेका छैनन् । हुने खाने, सत्तामा बसेका र उच्च तहका राजनीतिक दलका नेताहरु र उच्च पदमा बसेका कर्मचारीहरु नै विदेशमा गएर उपचार गराउने प्रवृत्ति बढेको हुनाले गरिब जनताले नेपालमै सेवा सुविधा पाउन नसकेको हुन् । निर्णयक तहमा बस्ने व्यक्तिहरुको ध्यान गरिब जनताको पक्षमा नदेखिनु लोकतन्त्रकै उपहासमात्र होइन संविधानकै उल्लंघन समेत हो । संविधानले ग्यारेन्टी गरेको स्वास्थ्य, शिक्षा लगायतका अन्य आधारभुत कुराहरु जनताले सहज रुपमा पाउन सक्नुपर्दछ । त्यो संविधानले नै ग्यारेन्टी छ तर अहिले ती सबै कुराहरु कागजमै सिमित भएपछि जनतामा वितृष्णा फैलिएको हो भन्ने हेक्का सत्ताधारी दल र सरकारलाई हुनुपर्ने होइन र ?

राजनीतिक दल र सरकारको असफलतालाई ढाकछोप गर्न कै लागि दलहरु र सरकारले पूर्वराजालाई देखाएर सत्ता सञ्चालन गरिरहेका छन् । केही समय पहिला प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकारी निवासमै संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको मान्यता पाएका दलहरुको सर्वदलीय बैठक बोलाएर भनेका थिए गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामाथि संकट आयो, त्यही कारण प्रमुख विपक्षी दल सहितका राष्ट्रिय मान्यता प्राप्त दलहरु एकै ठाउँमा उभिनु प¥यो भनेर यो भन्दा लज्जाजनक अन्य के हुन सक्छ ? दुई तिहाई नजिकको सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीले गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामाथि संकट आयो भनेर आफ्नो असफलता लुकाउन खोज्नु भन्दा जनताको विश्वास जित्ने काम गर्न प्रधानमन्त्रीलाई कसले रोकेको छ ? मुलुकमा भ्रष्टाचार बढेको छ, बेथिति बढेको छ । सत्ताधारी दलकै नेताहरु सकरारप्रति आक्रोशित भएका छन् ।

सरकारका क्रियाकलापको विरोध उनीहरुबाटै हुँदै आएको छ । यस्तो अवस्थामा पूर्वराजा लगायत अन्यलाई देखाएर संकट आयोग भन्दै आफ्नो असफलता लुकाउनु किमार्थ उचित हुन सक्दैन । आफ्नै दलभित्रको समस्या समेत समाधान गर्न नसक्ने अनि अरुलाई दोष लगाएर पन्छिने प्रवृत्ति रहेसम्म न त मुलुकले विकासको फड्को मार्न सक्छ न त जनताको विश्वास नै आर्जन र्ग सकिन्छ भन्ने हेक्का सत्ताधारी दल र सरकारलाई हुनुपर्ने होइन र ? सत्ताधारी दलभित्रै रहेका गुट उपगुट र नेताहरुको व्यवहारले गर्दा नै संकट आउन सक्छ अन्य कुनै कारणले संकट आउन सक्ने सम्भावना देखिँदैन । तर आफ्नो असक्षमता र नालायकीपन लुकाउनका लागि संकट आयो भन्दै जनतालाई ढाट्नुको कुनै औचित्य छैन । त्यसले हामी भन्दछौ अहिले न त पूर्वराजाबाट संकट न त अन्यबाटै यदि संकट छ भने सत्ताधारी दल र सरकारका काम गराईबाटै भन्ने हामीले ठानेका छौं ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports