साल्ट बाहेक अन्यले नुन विक्रि वितरण गर्न पाउँदैनन्
वि.सं.२०७६ असोज २ बिहीवार १७:३८
shares

काठमाडौ । नेपाली जनतालाई आयोडिन युक्त नुन खुवाउँदै आएको साल्ट टेडिङ्ग कर्पोरेशनलाई धराशयी बनाउने अनेक हथकण्डाहरु असफल भएका छन् । साल्टलाई असफल पारी आफ्नो स्वार्थ पूरा गर्न लागेका शशीकान्त अग्रवालका छोरा उमाङ्ग अग्रवालले गत वैशाख २ गते एक दैनिकमा नुनको विक्रि वितरण गर्न डिलरसिप माग गरेपछि केही व्यक्तिहरुले डिलरसिप लिन फर्म समेत भरेका थिए ।
सरकारले असार २ गते नुनको एकाधिकार अत्य गर्ने मनसयाको सूचना नेपाल, राजपत्रमा प्रकाशित गरेकोले प्रष्ट हुन्छ अग्रवाल परिवार षड्यन्त्रमै लागेको थियो भनेर । सरकारले अस्पष्ट निर्णय गर्नु दुई महिना अगाडि नै नुनको डिलरसिपको आवेदन माग्नुको अर्थ के हुन सक्छ ? साल्टले भाद्र २७ गते आफ्नो ५७ वार्षिकोत्सव मनाएको छ ।
सरकारले असार २ गते प्रकाशित गरेको नेपाल राजपत्रको सूचनालाई करेक्सन गर्दै नुन विक्रि वितरणको जिम्मा साल्ट टेडिङ्ग कर्पोरेशन बाहेक अन्यलाई नदिएको सूचना प्रकाशित गरेको थियो । सरकारले त्यस्तो सूचना प्रकाशित गरेपछि नुनको विक्रि वितरणको लागि डिलरसिप माग्ने उमङ्ग अग्रवाल वेपत्ता भएको डिलरसिप लिन चाहने एक व्यक्तिले बताएका छन् ।
त्यसै विषयलाई लिएर विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशित÷प्रशारित गरिरहेको अवस्थामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भने त्यस्तो निर्णय नै नभएको र साल्ट बाहेक अन्य कसैलाई नुनको विक्रि वितरण गर्ने अधिकार नदिएको बताएका छन् । मन्त्री यादवले उक्त कुरा साल्ट टेडिङ्ग कर्पोरेशनको ५७औं वार्षिकोत्सवको उद्घाटन गर्दै बताएका हुन् । मन्त्री यादवले सो अवसरमा साल्ट टेडिङ्गले नेपाल सरकारको निर्देशन अनुसार राम्रो काम गरिरहेको भन्दै नुनको विक्रि वितरण अन्य वा निजी क्षेत्रलाई दिएको भन्नेमा कुनै सत्यता नभएको भन्दै सञ्चार माध्यमले अनावश्यक हल्ला चलाएको आरोप समेत लगाएका थिए ।
अहिले साल्टले नुनलगायत चीनी ग्यास, चामल, दाल, मरमसला, कागजलगायतका अन्य खाद्य सामाग्रीहरुको विक्रि वितरण गर्दै आएको छ भने अब उसले खाने तेल समेत विक्रि वितरण गर्ने ५७औं वार्षिक उत्सवका उपलक्ष्यमा साल्टकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले जानकारी दिएकी छिन् ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको अनुसार साल्टले आफ्नै पहलमा कृषकहरुको हितका लागि मलको आयात गरी विक्रि वितरण गरिएको र मुलुकका ७७ वटै जिल्लामा आयोडिनयुक्त नुनको सर्वसुलभ रुपमा विक्रि वितरण गरी नेपाली जनतालाई लुलो लंगडो बनाउनबाट जोगाउन सकेको भन्दै अहिले झण्डै ९४ प्रतिशत नेपाली जनताले आयोडिनयुक्त नुनको उपयोग गरिरहेको विभिन्न अध्ययनले देखाएको बताएकी छिन् । सो समारोहमा साल्टले विभिन्न क्षेत्रका व्यक्तिहरु र साल्टकै कर्मचारीलगायत उनीहरुको परिवारका छोराछोरीहरुलाई पुरस्कार समेत प्रदान गरेको थियो ।



































