सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब दैनिक २५००० मात्र रेमिट्यान्सको रकम पठाउन पाईने

429
shares

नेपाल राष्ट्र बैंकले नेपाल बाट नेपालमै पठाइने रेमिट्यान्सको सीमा घटाएको छ । केन्द्रीय बैंकले आजै देखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो ।

राष्ट्र बैंकले स्वदेश भित्र नगद रकम एक ठाउँ बाट अर्को ठाउँमा पठाउने सम्बन्धमा आज एक सूचना जारी गर्दै रेमिट्यान्स कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन रु २५ हजार सम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ । यस अघि यस्तो आन्तरिक रेमिट्यान्स कारोबारको अधिकतम सीमा रु एक लाख सम्म थियो ।

केन्द्रीय बैंकले विदेश बाट नेपाल स्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको रेमिट्यान्स रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन नगरिएको जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports