सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोली शुक्रबार देखी संवैधानिक इजलास बस्ने

572
shares

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि रोकिएको सर्वोच्च अदालतको संवैधानिक इजलास शुक्रबार देखि फेरि बस्ने भएको छ ।

जबरा माथि महाभियोग दर्ता भए सँग बरिष्ठतम न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश बनेपछि संवैधानिक इजलास फेरि नियमित हुन लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले शुक्रबार देखि संवैधानिक इजलास बस्ने जानकारी दिए ।

लामो समयदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास नियमित हुन नसक्दा संवैधानिक इजलासमा विचाराधिन विवादको न्यायनिरुपण हुन सकेको छैन । गत वर्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षताको संवैधानिक परिषदको सिफारिस बाट नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ ।

केही दिनअघि प्रधानन्यायाधीश जबराको महाभियोग विरुद्ध परेको रिट निवेदन समेत सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports