विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एकीकृत समाजवादी काग्रेस र माओवादी कै पुच्छर

533
shares

काठमाडौँ । नेकपा एमालेले पार्टीगत निर्णय गरेर तत्कालीन नेकपा एमालेका नेता माधव नेपाल सहितका १४ सासदले पाटीमा अनुशासन हिनको कार्य गरेको भन्दै उनीहरुको सासद पद रिक्त गर्न पार्टीको निर्णय सहितको पत्र ससद सचिवालयमा दर्ता गरिएकोमा प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटाले वेवास्ता गरेकै कारण अहिले सत्ता गठवन्धन र प्रमुख विपक्षी दलबीचको सम्वन्ध विग्रिएको हो । सभामुख सापकोटा माओवादी केन्द्रका नेता रहेका र उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आदेश पालना गरी अघि बढेका हुनाले विवाद उत्पन्न भएको सत्य वास्तविकता हो । माओवादी केन्द्रले पार्टीवाट निस्काशन गरी सासद पद रिक्त रहेको सूचना जारी गर्न ससद सचिवालयमा पठाएकोले तत्कालीन माओवादी केन्द्रका सासदहरु टोपब हादुर रायमाझी, लेखनाथ भट्ट, प्रभु साह लगायतलाई ससदमा पत्र दर्ता गराएको २४ घण्टा भीत्रै सासद पद रिक्त रहेको सूचना जारी गरियो । तर त्यही प्रकृतिको पत्र ससद सचिवालयमा दर्ता गराएको १४ दिनसम्म कुनै प्रकृया अगाडी बढाईएन त्यही पत्र नै समस्याको जड रहेकोले अहिले समस्या देखिएको हो ।

२०७८ भाद्र २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरवहादुर देउवाले राजनितिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिए प्रश्चात देउवा सरकारले अध्यादेश फिर्ता लिएको थियो, सो अध्यादेश नेकपा एमालेलाई विभाजन गराउने उद्देश्यले नै ल्याइएको प्रष्ठ भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पाँच दलिय गठवन्धन बन्यो र पछिल्लो समयमा एमसीसी सम्झौतालाई अनुमोदन गरीएपछि सत्ता गठवन्धनमा रहेको राष्ट्रिय जनमोर्चा गठवन्धनवाट अलग भएको छ । अब सत्ता गठवन्धनमा चार दल मात्र रहेका छन् । माधव नेपाल सत्ता गठवन्धनमा रहेका र उनले नेतृत्व गरेको पार्टी समेत सत्तामा रहेकोले गर्दा नेपाल सत्ता गठवन्धनवाट वाहिरिन चाहिरहेका छैनन् । कुनैवेला आफूलाई सत्ता भन्दा नेपाली जनता प्यारो भन्ने अभिव्यक्ति दिदै आएका नेपालले पछिल्लो समयमा त्यसलाई खण्डित गरेका छन् । आफ्नो पार्टीका जनवर्गिय संगठनहरुलाई एमसीसीको विरोधमा सडकमा उतारेर उनले व्याख्यात्मक घोषणाको शब्दजालमा परेर एमसीसी सम्झौतालाई अनुमोदन गराउने भुमीका खेलेका छन् ।

एमालेका अध्यक्ष केपी ओली र माधव नेपाल बीचमा पछिल्लो समयमा जुहारी चलेको छ । एकले अर्कोलाई गालिका बर्षा वर्साएका छन् । माधव नेपालले काग्रेस र माओवादी केन्द्रको पुच्छर समाएर स्थानीय तह प्रदेशसभा र संघीय ससदको निर्वाचनमा जाने रणनिति लिएका भएपनि जनतामा भने नेकपा एकीकृत समाजवादी पार्टीतर्फ खासै आकषर्ण देखिएको छैन । त्यही कारणले गर्दा उनी सत्तावाट हट्न चाहिरहेका छैनन् । काग्रेसका एक नेताका अनुसार अब एमसीसी सम्झौता ससदवाट अनुमोदन भईसकेको हुनाले अब सत्ता गठवन्धनको आवश्यकता नभएको र काग्रेसले एक्लै निर्वाचनमा जानु पर्ने वताएका छन् । तर पुष्पकमल दाहाल र माधव नेपाल भने गठवन्धन नै गरेर निर्वाचनमा जानुपर्ने अडानमा रहेकाले गर्दा उनीहरु नेकपा एमालेसँग कति डराएका रहेछन् भन्ने प्रष्ठ भएको बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports