सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनआइसी एसिया बैंकभित्र घोटालै घोटला

559
shares

काठमाडौ । मारवाडी समुदायले स्थापना गरेको एनआइसी एसिया बैंकभित्र हुने गरेका भ्रष्टाचारहरु विस्तारै खुल्दै गएका छन् । ठुलो संख्यामा शेयरधनी रहेका एनआइसी एसिया बैंकका शेयरधनीहरुले बैंकको वार्षिक साधारणसभामा आफ्ना कुराहरु समेत राख्न नपाएपछि उनीहरु आक्रोशित भएका छन् । बैंकका साधारणसभा असोज १२ गते बोलाइएको थियो । सो सभा करिब ४५ मिनेटमै समाप्त गरी बैंकका सञ्चालकहरु फरार रहेका थिए ।

बैंकको आम्दानी ठुलो संख्यामा देखाएर सेयरधनीहरुलाई खुसी पार्ने प्रयास गरिएपनि वास्तवमा बैंकको अवस्था त्यस्तो छैन । बैंकले लगानी गरेको भन्दा बढी मुनाफा आर्जन गरेको देखाइएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न समयमा बैंकलाई दिएको निर्देशनहरु समेत पालना गरिएको छैन भने राष्ट्र बैंकका उच्च पदका पदाधिकारीहरुलाई गाडी समेत उपहार दिएर बैंकभित्र भएका घोटालाहरु ढाकछोप गर्ने प्रयास गरिएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर देखि डेपुटी गर्भनर हुँदै विभागीय प्रमुखहरुलाई समेत उपहार दिएर आफ्नो प्रभावमा पार्ने प्रयासका लागि बैंकले खनियाँ भन्ने व्यक्तिलाई खटाएको सूत्रले दाबी गरेको छ । राष्ट्र बैंकका गर्भनर नेपाली कांग्रेस समर्थक भएका र खनियाँसमेत कांग्रेस समर्थक भएकाले खनियाले नै राष्ट्र बैंकका पदाधिकारीहरुलाई आफनो प्रभावमा पारी एनआइसी एसिया बैंकको घोटला र ऋण लगानीमा हुने गरेको अनियमिततालाई समेत ढाकछोप गर्दै आएका छन् ।
बैंकभित्र हुने घोटाला र अनियमितताको बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन नेउपाने जानकार रहेपनि उनलाई समेत खनिया लगायतका अन्य केही पदाधिकारीहरुले प्रभावमा पारेर गलत काम कारबाही गराउन बाध्य पारेका हुनाले प्रमुख कार्यकारी अधिकृत नेउपानेले जागिर छोड्न खोजिरहेका छन् । बैंकका सञ्चालकहरुसमेत राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन गर्दै एउटा घरका बाबु छोरा भाई दाई बैंकको सञ्चालक रहेको छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार एउटै परिवारका बाबु छोरा, दाई भाई सञ्चालक बन्न नपाउने भनिएकोमा बाबु अध्यक्ष छोरा सञ्चालक समितिका सदस्य भई सदस्य रहेका छन् तर एनआइसी एसिया बैंकले बाफियालाई उल्लंघन गर्दासमेत राष्ट्र बैंक मौन रहेको छ । अरु बैंकलाई कडी कडाऊ गर्ने राष्ट्र बैंकका गर्भनर डेपुटी गभर्नरहरु र कार्यकारी निर्देशहरु अहिले मौन रहनु कतै खनियाँ कै कमाल त हैन भन्ने बैंकभित्र प्रश्न उठ्न थालेको छ । बैंकले खनियाँलाई राष्ट्र बैंकका पदाधिकारीहरुलाई मिलाउन जतिसुकै रकम पनि खर्च गर्न सक्ने अनुमति दिएको हुनाले खनियाँले बैंकका कर्मचारीहरुलाई समेत नटेर्ने गरेको बैंक सूत्रले जनाएको छ ।

ऋण लगानी गर्दा समेत निश्चित रकम ऋणीबाट उठाउने गरिएको छ भन्दै एक ऋणीले भने एनआइसी एसिया बैंकले पत्रपत्रिकाहरुमा दिने भनि प्रचार गरिएका सुविधाहरु नदिएको र त्यसको विरोध हुन सक्ने भएपछि केही कांग्रेस निटक अनलाइन र पत्रपत्रिकाहरुलाई खनियाँकै सल्लाहमा मोटो रकमको विज्ञापन दिएर आफ्नो गल्ती र कमी कमजोरी लुकाउन खोजिएको आरोप लगाउँदै उनले भनेका छन् लगानी भन्दा नाफा कसरी बढी भयो त ? त्यसको उत्तर बैंक व्यवस्था बोर्डले सेयर धनीलाई दिनुपर्ने कि नपर्ने ? त्यही प्रश्न वार्षिक साधारण सभामा उठ्न सक्ने भएकाले वार्षिक साधारणसभा ४५ मिनेटकमै सकेर सञ्चालकहरु हिडँेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports