सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा खाद्यान्न अभाव

416
shares

विराटनगर । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा खाद्यान्न अभाव भएको छ । निरन्तर परेको हिउँ नपग्लिएका कारण भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्र किमाथांका, थुदाम, रिदाक र छुमसुर जाने बाटो अवरुद्ध छ । र खाद्यान्न ढुवानी हुन सकेको छैन ।

चीनतर्फको नाका बन्द रहेको र नेपालतर्फको बाटो हिउँले ढाकेर अवरुद्ध भएका कारण २२१ घरमा खाद्यान्नको समस्या हुने अवस्था आएको भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेन्छेवी शेर्पाले बताएका हुन् ।

सरकारले ती गाउँमा प्रतिपरिवार ४० किलो चामल र ३ किलो दाल छुट्याएपनि ढुवानी हुन नसकेको उनले बताएका छन् ।‘हटिया (पालिकाको सदरमुकाम) पुग्ने दुईवटै बाटो बन्द छ,’ उनले भने, ‘खाद्यान्न गाउँमा पु¥याउने अवस्था छैन ।’ सरकारले दिने भनेको खाद्यान्न पनि च्याम्ताङसम्म मात्रै पुगेको छ ।

च्याम्ताङबाट बोकेर लैजान नसकिने भएकाले गाउँसम्म ढुवानीका लागि हेलिकप्टर आवश्यक पर्ने वडाध्यक्ष शेर्पाले बताएका हुन् ।

किमाथाङ्का क्षेत्रका वासिन्दालाई यसअघि चीन सरकारले दुई पटक खाद्यान्न सहयोग गरेको थियो । तर पछिल्लो समय भने सहयोग आएको छैन । ‘दुई पटक वडा स्तरबाट निर्णय गरेर सहयोग माग्दा चीनले प्रति परिवार १२० किलो चामल, दुई बोरा पिठो, दाल, चिनी तेल, नुन र दूध पाउडर दिएको थियो,’ वडाध्यक्ष शेर्पाले भने, ‘यो पटक चीनले वडाको पत्रले मानेन, पालिकाको पत्र पठाउन भन्यो, पालिकाले पत्र पठाइदिएन ।’

नेताहरु किमाथाङ्का आउँदा हेलिकप्टर लिएर आउने तर खाद्यान्न संकट पर्दा हेलिकप्टर नपठाएको वडाध्यक्ष शेर्पाले बताए । खाद्यान्न समस्या भएका यी गाउँदेखि २० मिटरको दूरीमा चीनको चाङ्गा बजार पर्छ । तर कोरोना महामारीका कारण दुई वर्षदेखि नाका बन्द छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports