सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले रुसबाट तेल र ग्यास ल्याउन लगायो प्रतिबन्ध

468
shares

अमेरिकाले रुसबाट तेल, ग्यास लगायत उर्जाको आयातमा प्रतिबन्ध लगाएको छ ।

ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी तेल र ग्यास लगायत ऊर्जाका स्रोतको सबै आयातमा प्रतिबन्ध लगाएको बताए । बाइडेनका अनुसार अमेरिकाले एक तर्फी रूपमा यो कदम चाल्नेछ । अब रूसी तेल अमेरिकी बन्दरगाह मार्फत कारोबार हुने छैन । युक्रेनमा आक्रमण पछि अमेरिकाले रुस माथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो ।

पश्चिमा देशले तेल निर्यातमा प्रतिबन्ध लगाएमा युरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसले यस अघि नै चेतावनी दिएको छ । ग्यास आपूर्तिका लागि जर्मनी सँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी दिएको मस्कोलाई उद्धृत गर्दै समाचार संस्था तासले जनाएको छ ।

रुसका उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले यो कदम बाट विश्वभरिको आपूर्तिमा ‘विनाशकारी परिणाम’ आउने र तेलको मूल्य दोब्बरले बढेर तीन सय डलर सम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports