चाबहिलको सिरक डसना बनाउने ठाउँमा भिषण आगलागी क्षतिको बिवरण आउन बांकी
वि.सं.२०७८ फागुन २५ बुधवार ०७:५९
shares
fire isolated over black background
काठमाडौँ महानगरपालिका–६ चाबहिलस्थित गोपीकृष्ण हलको पछाडि रहेको सिरक डसना बनाउने ठाउँमा भीषण आगलागी भएको छ ।
मंगलबार बेलुका ८ बजे सरस्वतीनगरमा रहेको सिरक डसना बनाउने ठाउँमा आगलागी भएको हो । आगो टहरा बाट सल्केको प्रहरीले जनाएको छ । आगलागीले वरिपरिका घरहरुमा पनि क्षति पुगेको जनाइएको छ ।
चार वटा दमकलको सहयताले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।आगलागीले भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।































