सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाले पनि थाल्यो निर्वाचन केन्द्रित कार्यक्रम

429
shares

वैशाखमा तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनाव लक्षित कार्यक्रम थालेको छ । हालै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बाट सम्पूर्ण शक्ति निर्वाचनमा लगाउने निर्णय गरेको राप्रपाले चुनाव केन्द्रीत कार्यक्रम थालेको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले अब पार्टीले स्थानीय निर्वाचन केन्द्रीत सभाहरूलाई निरन्तरता दिन लागेको जानकारी दिए ।

राप्रपाको प्रचार विभाग प्रमुख समेत रहेका प्रवक्ता श्रेष्ठका अनुसार फागुन २५ गते झापाको बुद्धशान्तिमा, २६ गते मोरङको सुन्दरहरैचामा, २७ गते काठमाडौंको मच्छेगाँऊ र ललितपुरको चापागाँऊमा, २८ गते सुर्खेतको वीरेन्द्रनगरमा, २९ गते नेपालगन्जको त्रिभुवन चोक, फागुन ३० गते बर्दियाको गुलरियामा राप्रपाको सभाहरु हुनेछन् ।

सबै सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू बाट सम्बोधन हुने श्रेष्ठले बताए । राप्रपाका सभाहरुमा आवश्यकता अनुसार निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुब बहादुर प्रधान, हेमजङ्ग गुरुङ, महामन्त्रीहरु डा धवल शमशेर राणा, भुवन पाठक, कुन्ती शाहीले सम्बोधन गर्ने गरेका छन् । यस्तै विभिन्न जिल्लामा पार्टी प्रवेशको कार्यक्रम राखेर राप्रपाले पार्टीलाई चलायमान समेत बनाउँदै आएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports