विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक ३० दशमलव २९ अंकले घटेर २,५१४ दशमलव ६५ को विन्दुमा कायम

650
shares

आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव २९ अंकले घटेर २,५१४ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज १९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै ट्रेडिङ उपसूचक ३ दशमलव ०३ प्रतिशतले घटेको छ ।

आज दिनभरिमा २२९ वटा कम्पनीको ४९ करोड ५९ लाख ९१९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १० प्रतिशतका दरले कमाएका हुन् । इमर्जीङ नेपालका लगानीकर्ताले ३ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ७८ प्रतिशतका दरले गुमाएका हुन् । सामुदायिक लघुवित्तका लगानकिर्ताले ५ दशमलव ६० प्रतिशतका दरले गुमाएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports