सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप र उपमेयर केशवकुमारी एमाले प्रवेश

572
shares

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल एमाले प्रवेश गरेका छन्। अहिले रंगेलीमा जारी रहेको एमालेको जनसभामा बगडियालाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा भित्र्याएका हुन् । मेयर र उपमेयर दुवै माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। मेयर र उपमेयरसहित केही वडाध्यक्ष पनि प्रवेश गरेको एमाले नेताहरुले बताएका छन्।

माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित बगडिया आफ्ना समर्थकहरुसहित एमाले प्रवेश गरेका हुन्। नेकपाको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिएका थिए। माओवादी केन्द्रका बैठक छल्दै आएका उनलाई माओवादीले स्पष्टीकरण सोधेको थियो। तर, उनले आफू पार्टीमा प्रतिबद्ध रहेको जवाफ दिएका थिए।

स्थानीय तहको कार्यकाल सकिएर अर्को चुनाव घोषणा भएपछि उनले एमाले प्रवेश गर्ने सार्वजनिक घोषणा गरेका थिए। बुधबार ओलीको हातबाट अबिर लगाउँदै मेयर बगडियाले एमाले प्रवेशको औपचारिकता पूरा गरेका हुन् ।

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले हिजो मंगलबार मात्रै प्रेस विज्ञप्ति जारी गर्दै उनलाई ‘पार्टी हित विपरित काम गरेको’ भन्दै पार्टीबाट निष्कासन गरिएको र नगर प्रमुख पदबाट पदमुक्त गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको जनाएका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports