प्रधानन्यायाधीशको भूमिका बारेको मुद्दा अब संम्बैधानिक इजलासले हेर्ने
वि.सं.२०७८ फागुन २६ बिहीवार ०७:३७
shares

प्रधानन्यायाधीशको भूमिका बारे परेका दुई रिट संवैधानिक इजलासमै पठाएको छ।
प्रधानन्यायाधीश बिना संवैधानिक इजलास बस्नै नसक्ने जिकिर सहित अधिवक्ता गणेश रेग्मीले रिट हालेका थिए। त्यस्तै, स्वार्थ बाझिएका मुद्दामा प्रधानन्यायाधीश अलग बसेर कायम मुकायमले संवैधानिक इजलासको नेतृत्व गर्न सक्ने भन्दै दिपकविक्रम मिश्रले अर्को रिट दायर गरेका थिए।
यी दुवै रिटलाई संवैधानिक इजलासमा पठाइएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। ‘दुवै रिट संयुक्त इजलासमा विचाराधीन थिए। त्यहाँबाट संवैधानिक इजलासमा पेस गर्ने आदेश भएको छ,’ उनले भने, ‘पर्सि संवैधानिक इजलासको पेसीमा चढ्ने छन्।
अब यी दुवै रिटको सुनुवाइ गरी संवैधानिक इजलासले न्यायाधीश फुयाँलले दिएको अन्तरिम आदेश बदर गर्ने वा नगर्ने निर्णय गर्नेछ। त्यस पछि मात्र अध्यादेश र नियुक्ति विरूद्धका रिट माथिको सुनुवाइको पनि टुंगो लाग्छ।






































