सखुवासभामा बस दुर्घटना, १४ को निधन घाइतेको उद्धार जारी
वि.सं.२०७८ फागुन २६ बिहीवार १०:१७
shares

संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा ५ जना घाइते भएका छन् । सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’
दमक तर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।उनका अनुसार घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको पनि उनले बताए ।
बस सडक बाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य जारी छ ।






































