नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नोटबन्दीको विषयमा केन्द्रीय बैंकलाई औपचारिक जानकारी छैन

442
shares

नोटबन्दीको विषयमा केन्द्रीय बैंकलाई औपचारिक जानकारी छैन । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र नोटबन्दीका विषय अफवाह मात्र भएको बताउँछन् । ‘कसैले फेसवुकमा के लेखिदियो, त्यसकै पछि अरु लागे’ उनले भने, ‘कसले, किन लेख्यो भन्ने विषयमा केही जानकारी छैन । कुरा स्पष्ट छ- यो केवल अफवाह हो ।’

अहिले सामाजिक सञ्जालमा चलेको नोटबन्दीको विषयमा सरकारी स्तर बाट नै हल्ला चलाइएको हुनसक्ने अर्थशास्त्री डा. रमेशकुमार भण्डारी बताउँछन् । अहिले देशमा तनाव दिइरहेको महंगीलाई विषयान्तर गर्न सरकारी तह बाटै यस्तो विषय बाहिर आएको हुनसक्ने उनले बताए ।

‘नोटबन्दी भनेको गोप्य रुपमा गम्भीर छलफल भएर एक्कासी निर्णय आउने विषय हो’ उनले भने, ‘धेरैले रकम व्यवस्थापन नगरुन् भनेर सुटुक्क गरिने यस्तो निर्णय हल्ला गरेर हुँदैन, यो चलिरहेको एउटा फन्डा मात्रै हो ।’ यस्ता अफवाहको पछाडि लाग्ने भन्दा अर्थतन्त्रलाई जोगाउन गम्भीर भएर लाग्नु पर्ने उनको सुझाव छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports